१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

बालविवाह रोक्न सक्रिय किशोरीहरु

बालविवाह रोक्न सक्रिय किशोरीहरु
अ अ+ अ-

बाँके । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका यस्ता क्लबहरुमा आबद्ध किशोरीहरु अहिले प्रथमतः आफू बालविवाहबारे बुझ्छन् र त्यसपछि अरुलाई बुझाउने गर्छन् ।
बालविवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरुबाट सिक्दै बालिकाहरुले आफ्नो गाउँटोलमा त्यसको प्रचार गरिरहेका छन् । बाँकेमा प्लान इन्टरनेशनल र स्याकले यस कार्यमा सघाउँदै आएका छन् । उनीहरुलाई बालविवाहको प्रतिकूल प्रभावबारे प्रशिक्षण मात्रै दिइएको छैन, उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम नै बनाएर विभिन्न गतिविधिहरुमा संलग्न गराइँदै आइएको छ ।

“किशोरी क्लबमा आबद्ध भएपछि हामीले धेरै कुरा जान्ने अवसर पाएका छौं,” बालबिवाहविरुद्ध सक्रिय राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका किशोरीहरुले भने – ‘हामीले बुझेका कुरा आफ्ना घर, छिमेकमा पनि बुझाइरहेका छौं ।’ शुरुमा संस्थाको सहयोगमा क्रियाशील किशोरी क्लब अब सक्षम हुँदै गएका छन् । उनीहरु आफ्ना अधिकार के हुन् र कहाँ गएर अधिकार माग्ने भन्नेमा सचेत हुँदै गएका छन् ।

गत वर्ष गठन भएको समावेशी किशोरी क्लबले पाँच वटा बालविवाह रोकिसकेको छ । त्यति मात्रै होइन आफ्नै उमेर नपुग्दा पनि उनीहरुले अभिभावकलाई उमेर नपुगी विवाह गर्नहुँदैन भनेर सम्झाउन सफल भएका छन् । समावेशी किशोरी क्लबकी सदस्य हुन् लक्ष्मी थारु । उनको १६ वर्षकै उमेरमा परिवारले विवाह गरिदिने प्रयास गरेको थियो ।

“मैले रोई, कराई आफ्नो विवाह रोकें,” उनले भनिन्- जनेचतना जगाउँदै छु । बालविवाह रोक्दै छु । समावेशीकै सदस्य शर्मिला शाहको पनि ललाइफकाई बालविवाहका लागि आफन्तले गरेको प्रयास विफल भयो । शाहले आफ्नी आमालाई सम्झाइन् र मौकैमा उनको बाल विवाह रोकियो ।

राप्तीसोनारी–७ मा रहेको पालिका स्तरीय समावेशी किशोरी क्लबकी आशा बुढामगरले जनचेतनाले समाजमा बालविवाह गर्नुहुँदैन भन्ने सन्देश दिनसक्ने भएकाले आफूहरुले जनचेतनाका गतिविधिलाई प्राथमिकता दिने गरेको बताइन् । “बालविवाह गर्दा आर्थिक, सामाजिक, मानसिक र शारीरिक रुपमा पर्ने असरबारे किशोरी र अभिभावकलाई सम्झाउने गरेका छौं,” उनले भनिन् ।

यस्तै राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु पूर्व शिक्षकसमेत हुन् । उनले आफ्नो वडामा रहेका विद्यालयमा बालविवाहविरुद्ध अभियान शुरु गरेका छन् । थारुले वडाका विद्यालयमा गएर कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि बालविवाहविरुद्धको ‘क्लास’नै सञ्चालन गर्ने गरेका छन् । विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्दा त्यो सन्देश वडाभर प्रवाह हुने वडाध्यक्ष थारुको विश्वास छ ।

वडाध्यक्ष थारुले भने – “मधेसी, थारु समुदायमा अभिभावकले नै बालविवाह गरिदिने संस्कार रहेको छ । त्यसलाई चिर्न पनि विद्यालयका विद्यार्थीहरुमार्फत अभियान थालेको हुँ ।” प्रदेश ५ सामाजिक मन्त्रालयको एक कार्यक्रममा सहभागी भएपछि थारुले बालविवाहविरुद्ध विद्यालयमै गएर कक्षा लिने निर्णय लिएका हुन् । “वडा कार्यालयमै पालिकास्तरीय किशोरी क्लबको कार्यालय राखेको छु,” उनले भने ।