७ श्रावण २०८३, बिहीबार
,
Latest
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सामाजिक सञ्जाल अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत बालेनले मध्यरातमा फेसबुकमा लेखेको “मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न” भन्ने स्टाटसले पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।

उनले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्ता व्यंग्यात्मक अभिव्यक्ति आउनु उपयुक्त नहुने उल्लेख गर्दै राज्य सञ्चालन र सार्वजनिक नेतृत्वसँग सम्बन्धित पदमा रहेका व्यक्तिबाट संयम, जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा गरिने बताएका छन्।

बस्नेतले मधेशका एक वरिष्ठ कर्मचारीमाथि सोही प्रकृतिको सन्देश लेखेको विषयलाई लिएर प्रहरीबाट दुर्व्यवहार भएको चर्चा गर्दै त्यस विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुको सट्टा व्यंग्यात्मक शैली अपनाइनु उचित नभएको टिप्पणी गरेका छन्। उनले “आफू नै मधेसको छोरा हुँ” भन्ने दाबी गर्ने व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुःखद भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियामा बस्नेतले बालेनको पछिल्लो शैलीले परिपक्व नेतृत्वभन्दा व्यक्तिगत असन्तुष्टि र आक्रोश बढी झल्काएको दाबी गरेका छन्। उनले सार्वजनिक पदमा रहेका व्यक्तिले व्यक्तिगत कटाक्षभन्दा संस्थागत मर्यादा र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

बस्नेतले बालेनको पछिल्लो व्यवहारप्रति प्रश्न उठाउँदै त्यसले उनको मनोवैज्ञानिक अवस्थाबारे समेत चर्चा गराएको टिप्पणी गरेका छन्। उनका अनुसार नेतृत्व तहमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा थप जिम्मेवार र सन्तुलित हुन आवश्यक छ।