६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो ।

अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिनुभयो । जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ ।

सभापति पदमा नेता सुरेश सापकोटा र राजु शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रथम जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।

काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । काठमाडौँका अन्य ९ वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मतरूपमा चयन भएका छन् ।

रास्वपाले शनिबार र आइतबार जिल्ला अधिवेशन तोकेको छ । आज ३८ जिल्लामा अधिवेशन भएको बाँकी २७ जिल्लामा आइतबार अधिवेशन हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।

यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन हुँदैछन् । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ ।  रासस




भर्खरै