२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्तिलाई लक्षित गर्दै यस्तो अभ्यास पार्टी जीवनका लागि हितकर नहुने बताएका छन्।

सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा उनले स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा दिइएका तदर्थ जिम्मेवारीलाई आधार मानेर स्थायी पदोन्नति वा व्यक्तिगत ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टीको आन्तरिक जीवनका लागि उपयुक्त नहुने स्पष्ट पारेका हुन्।

उनका अनुसार चार वर्षको छोटो अवधिमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो र यसलाई समयमै सच्याउन आवश्यक छ।

उनले पार्टी संगठनलाई व्यक्तिगत अपेक्षा र पदोन्नतिको हिसाब–किताबभन्दा माथि उठाएर सामूहिक उद्देश्यतर्फ लैजानुपर्नेमा जोड दिएका छन्। लामिछानेले राजनीतिक जिम्मेवारीलाई भविष्यमा अवसरसँग मात्र जोडेर नेतृत्वमा मरिहत्ते गर्ने प्रवृत्ति पनि देखिन थालेको उल्लेख गर्दै यस्तो सोचलाई लोकतान्त्रिक प्रक्रियाबाटै नियन्त्रण गर्नुपर्ने बताएका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने जिल्ला अधिवेशनहरू जारी रहेका छन्।

सभापति लामिछानेले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।