१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुँदै



अ+ अ-

बैतडी । आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका ४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका १ मा ६१९ र पुर्चौंडी नगरपालिका ४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए।

निर्वाचन हुने तीन वडामा पाँच वटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार ४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका १ मा गाविस भवन गुर्केली र पुर्चौंडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदान केन्द्र तोकिएका छन् ।पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडामा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो । यसैबीच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरि ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । पालिका प्रतिनिधिको उम्मेदवारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ ।

कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ । यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मङ्सिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उपनिर्वाचनका लागि यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन् ।