१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

तिन महिनामै पर्यटकबाट पाँच करोड ८५ लाख राजश्व सङ्कलन

तिन महिनामै पर्यटकबाट पाँच करोड ८५ लाख राजश्व सङ्कलन
अ अ+ अ-

भक्तपुर । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ ।

चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६/७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको छ ।

भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख गौतम लासिवाका अनुसार यस वर्ष साउनमा १८ हजार ३९७, भदौमा १४ हजार २३२ र असोजमा २४ हजार ७०० पर्यटकले भक्तपुरको अवलोकन गरेका छन् । गत आवको साउनमा भन्दा यस वर्षको साउनमा दुई हजार ३१८ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने भदौ र असोजमा भक्तपुर आउने पर्यटकको सङ्ख्या घटेको छ । भदौमा गत वर्षभन्दा एक हजार ४७६ पर्यटक घटेका छन् ।

भक्तपुरमा सार्क र चीनबाट २७ हजार ४४६ पर्यटकले भ्रमण गरेका छन् भने अन्य मुलुकबाट २९ हजार ८८८ ले भक्तपुरको भ्रमण गरेका छन् । साउन महिनामा सार्क र चीनबाट १० हजार २५६ र अन्य मुलुकबाट आठ हजार १४१ ले भ्रमण गरेका छन् । भदौमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सदस्य मुलुक र चीनबाट छ हजार ८६३ र अन्य मुलुकबाट सात हजार ३६९ ले असोजमा सार्क र चीनबाट १० हजार ३२७ र अन्य मुलुकबाट १४ हजार ३७३ जनाले भक्तपुरको अवलोकन गरेका छन् ।

पर्यटकको सङ्ख्या बढेसँगै भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट सङ्कलन गर्ने राजश्वसमेत वृद्धि भएको छ । आव २०७६/७७ को तीन महिनामा रु पाँच करोड ८५ लाख राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले सार्क र चीनका पर्यटकलाई प्रवेश शुल्क ५०० र अन्य मुलुकका पर्यटकलाई रु एक हजार ५०० प्रवेश शुल्क लिँदै आएको छ । यस आवको साउन, भदौ र असोजमा पर्यटकबाट रु पाँच करोड ८५ लाख ४७ हजार ५०० राजश्व सङ्कलन भएको पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख लासिवाले जानकारी दिनुभयो ।

भक्तपुर । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ ।

चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६/७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको छ ।

भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख गौतम लासिवाका अनुसार यस वर्ष साउनमा १८ हजार ३९७, भदौमा १४ हजार २३२ र असोजमा २४ हजार ७०० पर्यटकले भक्तपुरको अवलोकन गरेका छन् । गत आवको साउनमा भन्दा यस वर्षको साउनमा दुई हजार ३१८ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने भदौ र असोजमा भक्तपुर आउने पर्यटकको सङ्ख्या घटेको छ । भदौमा गत वर्षभन्दा एक हजार ४७६ पर्यटक घटेका छन् ।

भक्तपुरमा सार्क र चीनबाट २७ हजार ४४६ पर्यटकले भ्रमण गरेका छन् भने अन्य मुलुकबाट २९ हजार ८८८ ले भक्तपुरको भ्रमण गरेका छन् । साउन महिनामा सार्क र चीनबाट १० हजार २५६ र अन्य मुलुकबाट आठ हजार १४१ ले भ्रमण गरेका छन् । भदौमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन९सार्क० सदस्य मुलुक र चीनबाट छ हजार ८६३ र अन्य मुलुकबाट सात हजार ३६९ ले असोजमा सार्क र चीनबाट १० हजार ३२७ र अन्य मुलुकबाट १४ हजार ३७३ जनाले भक्तपुरको अवलोकन गरेका छन् ।