१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी किनारहरु सिङ्गारिदै



अ+ अ-

झापा । झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् ।

विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठपर्व मनाइने भएको छ ।

भद्रपुरस्थित मेची नदीमा छठपर्व भव्य र व्यवस्थित तरिकाले मनाउनका लागि समिति नै गठन गरिएको छ । भारतको पश्चिम बङ्गाल तथा बिहार गरी दुई राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठले जिल्लाका अन्यत्रभन्दा भिन्नै रौनक दिने गरेको छ ।

भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा मैथिली समाज र युनिक समूहले मेची नदीमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान, स्वागत गेट, हेल्पडेस्क, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, सूर्य भगवान्को मुक्तिस्थल निर्माणलगायत काम गरिरहेका छन् । मेची नदीमा मात्र नेपाल र भारतका गरी ५० हजारभन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको मैथिली समाज समितिका अध्यक्ष रमेशचन्द्र झाले बताउनुभयो ।