१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

गागनखोलामा पुल नहुँदा स्थानीयवासीलाई सास्ती

गागनखोलामा पुल नहुँदा स्थानीयवासीलाई सास्ती
अ अ+ अ-

सिरहा । तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

उक्त खोलामा पुल निर्माण नगर्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँकाका बासिन्दा बिगत १० वर्षदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
आफ्नो गाउँदेखि १५ किलोमिटर उत्तरको पूर्वपश्चिम राजमार्ग छिचोल्न ठूलो समस्या छ, औरही गाउँपालिका–१ का शिवनाथ यादवले भन्नुभयो ।

सो भेगका बासिन्दा सदरमुकाम सिरहासम्म पुग्न हुलाकी राजमार्गदेखि उत्तर पूर्वपश्चिम राजमार्ग र पुनः पूर्वपश्चिम राजमार्गको चोहर्वा खण्डदेखि १८ किलोमिटर दक्षिणको घुमाउरो बाटो प्रयोग गर्न दिनभरिको समय खर्चिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । करीब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरिदिएकामा दश वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाइ बग्न थालेपछि सो क्षेत्रका बासिन्दाको आवागमन कष्टकर हुँदै आएको हो ।

पहिलेको खोलामा पानी बग्न छोडेको छ, । त्यहाँको सुक्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रै महीना पानी बग्ने गरेको छ । औरहीदेखि करीब सात किलोमिटर पश्चिम सिरहा सदरमुकाम छ भने औरहीदेखि मात्र दुई किलोमिटरको दूरीमा पूर्व भारतीय बजार लदनियासँग जोडिएको बरियारपट्टी बजार छ ।

साविकको पुल रहेको खोलामै भत्किएको बाँध पुनःनिर्माण गरी धारलाई साबिककै ठाउँमा फर्काउन सकिए हुलाकी राजमार्गको पूर्व भगवानपुर र ठाडी बजारदेखि पश्चिम सिरहा सदरमुकामसम्म ४२ किलोमिटर दूरी हुने र त्यो दूरी एक घण्टाको समयमा ओहरदोहर गर्न सकिने स्थानीयवासी बताउँछन् । गागनको बाँध भत्किएर अर्को बाटो लिएदेखि नै औरही र बरियारपट्टीलगायतका बासिन्दाले जनप्रतिनिधिदेखि ठूला नेताहरुलाई गुहार्दै आए पनि सुनुवाइ नभएको गुनासो गरे ।

औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले हुलाकी राजमार्ग भएर बग्ने सबै खोलामाथि पुल र कल्भर्ट निर्माण गर्न एकै पटक लागेको ठेक्कामा यो गागन खोलामाथिको पुल पनि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैतिरको खोला नालाको पुल र कल्भर्ट बनिसक्यो तर यो खोलाको काम भने शुरु भएको छैन्, हुलाकी राजमार्गमा कालोपत्र र पुल तथा कल्भर्ट निर्माण गर्ने जिम्मेवारी हुलाकी सडक डिभिजनले लिएकाले यसबारे जानकारी लिई पुल निर्माणका लागि पहल गर्छौ ।”