१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गागनखोलामा पुल नहुँदा स्थानीयवासीलाई सास्ती



अ+ अ-

सिरहा । तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

उक्त खोलामा पुल निर्माण नगर्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँकाका बासिन्दा बिगत १० वर्षदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
आफ्नो गाउँदेखि १५ किलोमिटर उत्तरको पूर्वपश्चिम राजमार्ग छिचोल्न ठूलो समस्या छ, औरही गाउँपालिका–१ का शिवनाथ यादवले भन्नुभयो ।

सो भेगका बासिन्दा सदरमुकाम सिरहासम्म पुग्न हुलाकी राजमार्गदेखि उत्तर पूर्वपश्चिम राजमार्ग र पुनः पूर्वपश्चिम राजमार्गको चोहर्वा खण्डदेखि १८ किलोमिटर दक्षिणको घुमाउरो बाटो प्रयोग गर्न दिनभरिको समय खर्चिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । करीब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरिदिएकामा दश वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाइ बग्न थालेपछि सो क्षेत्रका बासिन्दाको आवागमन कष्टकर हुँदै आएको हो ।

पहिलेको खोलामा पानी बग्न छोडेको छ, । त्यहाँको सुक्खा नदीमा पुल छ तर धार परिवर्तन गरी बगिरहेको खोलामा बाह्रै महीना पानी बग्ने गरेको छ । औरहीदेखि करीब सात किलोमिटर पश्चिम सिरहा सदरमुकाम छ भने औरहीदेखि मात्र दुई किलोमिटरको दूरीमा पूर्व भारतीय बजार लदनियासँग जोडिएको बरियारपट्टी बजार छ ।

साविकको पुल रहेको खोलामै भत्किएको बाँध पुनःनिर्माण गरी धारलाई साबिककै ठाउँमा फर्काउन सकिए हुलाकी राजमार्गको पूर्व भगवानपुर र ठाडी बजारदेखि पश्चिम सिरहा सदरमुकामसम्म ४२ किलोमिटर दूरी हुने र त्यो दूरी एक घण्टाको समयमा ओहरदोहर गर्न सकिने स्थानीयवासी बताउँछन् । गागनको बाँध भत्किएर अर्को बाटो लिएदेखि नै औरही र बरियारपट्टीलगायतका बासिन्दाले जनप्रतिनिधिदेखि ठूला नेताहरुलाई गुहार्दै आए पनि सुनुवाइ नभएको गुनासो गरे ।

औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले हुलाकी राजमार्ग भएर बग्ने सबै खोलामाथि पुल र कल्भर्ट निर्माण गर्न एकै पटक लागेको ठेक्कामा यो गागन खोलामाथिको पुल पनि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैतिरको खोला नालाको पुल र कल्भर्ट बनिसक्यो तर यो खोलाको काम भने शुरु भएको छैन्, हुलाकी राजमार्गमा कालोपत्र र पुल तथा कल्भर्ट निर्माण गर्ने जिम्मेवारी हुलाकी सडक डिभिजनले लिएकाले यसबारे जानकारी लिई पुल निर्माणका लागि पहल गर्छौ ।”