३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
अ+ अ-

काठमाडाैँ । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न सङ्घ र प्रदेश सरकारबीच समन्वयात्मक पहल अघि बढाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजनमा मङ्गलबार आयोजित प्रदेश सरकारका पर्यटन क्षेत्र हेर्ने सचिवहरूको बैठकले स्थलमार्गबाट नेपाल आउने पर्यटकको गतिविधि व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो । बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पर्यटन क्षेत्र हेर्ने सचिवहरू सहभागी हुनुहुन्थ्यो ।

बैठकले विशेषगरी ‘स्लिपर बस’ प्रयोग गरी तीर्थयात्राका लागि नेपाल आउने पर्यटकहरूले स्थानीय समुदायसँग विभिन्न कारणले द्वन्द्व सिर्जना गरिरहेको निष्कर्ष निकालेको छ । पर्यटकहरूले आफैं खाना पकाउने, खाने, लुगा धुने तथा शौच गर्ने जस्ता गतिविधि सञ्चालन गर्दा कतिपय स्थानमा स्थानीयसँग असमझदारी र गुनासो बढेको विषयमा बैठकमा छलफल भएको छ ।

यसलाई व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरी तीर्थयात्रीका लागि विश्राम, खाना पकाउने तथा सरसफाइका सुविधा उपलब्ध हुने निश्चित स्थान तोक्ने र आवश्यक सेवा शुल्कसहितको व्यवस्थापन मोडेल विकास गर्न प्रदेश सरकारहरूलाई आग्रह गर्ने निर्णय गरिएको छ । जीप, मोटरसाइकल तथा निजी सवारीसाधन प्रयोग गरी नेपाल भ्रमण गर्ने पर्यटकलाई ट्राफिक नियम, सवारीको गति, पार्किङ तथा फोहर व्यवस्थापनसम्बन्धी जानकारी प्रभावकारी रूपमा उपलब्ध गराउने निर्णय भएको छ । पर्यटक सूचना केन्द्र, वेबसाइट तथा ब्रोसरमार्फत सचेतना बढाउने तथा तीव्र गति, जथाभावी पार्किङ र फोहर व्यवस्थापनका कमजोरीका कारण स्थानीय समुदायमा पर्ने असर न्यूनीकरण गर्ने उपाय अपनाइने जनाइएको छ ।

बैठकले सीमा क्षेत्रहरूमा मदिरा सेवन गरी राति अबेरसम्म होहल्ला गर्ने गतिविधिलाई नियमन गर्ने निर्णय गरेको छ । यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा तथा पर्यटकीय वातावरणमा नकारात्मक असर परेको गुनासो आएपछि आवश्यक नियमनको पहल गर्ने सहमति भएको हो ।