८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठको दोस्रो दिन निर्जल उपवास



अ+ अ-

काठमाडौँ । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ ।

छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन् । यसरी चढाइने रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । राजधानीका वाग्मती किनारस्थित गुह्येश्वरीबाट गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा विगत वर्षदेखि नै छठ मनाइन्थ्यो । यस वर्षदेखि नागपोखरीमा पनि छठ मनाउन लागिएको छ ।

छठ मनाइने स्थानमा घाट निर्माण भइरहेको छ । नदी र पोखरी क्षेत्रमा साजसज्जालगायत तयारी भइरहेको आयोजक समितिले जनाएको छ । गुह्येश्वरी क्षेत्रमा मात्रै लाखौँ भक्तजन छठ मनाउन आउने गर्छन् । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट बनाउन लागिएको गुह्येश्वरी छठ समितिका संयोजक रामबाबु महासेठले बताउनुभयो ।