३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल

शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल
अ+ अ-

काठमाडौं। चीनको शेन्जेनबाट हिमालय एयरलाइन्सको सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन्। एक साताको नेपाल भ्रमणका लागि आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पाण्डा इन्टरनेशनल ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पोशाक र बाजागाजासहित भव्य स्वागत गरेको थियो।

नेपाल भ्रमणका क्रममा पर्यटकहरूले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ। यसैबीच, नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले हिमालय एयरलाइन्ससँगको सहकार्यमा चीनको शेन्जेन र नेपालको काठमाडौंलाई जोड्ने विशेष द्विसाप्ताहिक चार्टर्ड उडान सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

उक्त सेवा हरेक मंगलबार र शुक्रबार सञ्चालन हुनेछ। कम्पनीका अनुसार २०८३ जेठ २२ गते (५ जुन २०२६) देखि सुरु भएको यो उडान सेवाले नेपाल–चीनबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। चीनको प्रमुख आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेनबाट सिधा हवाई सेवा सञ्चालनमा आएपछि नेपालले उच्च खर्च गर्ने पर्यटक, व्यवसायी तथा प्रविधि क्षेत्रका पेशाकर्मीलाई आकर्षित गर्ने अवसर प्राप्त गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार नयाँ हवाई मार्गले नेपाली पर्यटन उद्योग, होटल व्यवसाय, हवाई सेवा तथा अन्य सेवा क्षेत्रको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, चिनियाँ पर्यटकको आगमन वृद्धिसँगै नेपाल भ्रमण वर्ष तथा पर्यटन प्रवर्द्धन अभियानलाई समेत थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।