२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन



अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूले बहालमा लिएर प्रयोग गर्दै आएका घर/कोठा तथा फ्ल्याट खाली गर्ने सम्बन्धमा सूचना जारी गरेको छ। न्यायिक समितिबाट यससम्बन्धी भएका निर्णयहरू कार्यान्वयन गर्ने क्रममा महानगरको कार्यान्वयन समितिको जेष्ठ १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार उल्लेखित सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

तोकेको समयभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार ती सहकारी संस्थाले बहालमा लिएर प्रयोग गर्दै आएका घर/कोठा तथा फ्ल्याट खाली गरिनेछ। खाली गर्ने क्रममा सहकारी कार्यालयका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा बुझाइने र त्यसपछि ती सामान तथा सम्पत्तिका सम्बन्धमा कुनै दाबी–विरोध नलाग्ने स्पष्ट गरिएको छ।

सूचनामा विभिन्न सहकारी संस्थाहरूको नाम र घरधनीहरूको विवरण पनि उल्लेख गरिएको छ। तीमध्ये सत्कार सहकारी संस्था लि. (काठमाडौँ–३), अमृताम्भ बचत तथा ऋण सहकारी संस्था (काठमाडौँ–१५), हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था लि. (काठमाडौँ–२२), मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. (काठमाडौँ–३२), नवल सवल बचत तथा ऋण सहकारी संस्था लि. (काठमाडौँ–३२) र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौँ–३२) रहेका छन्।

यी संस्थासँग सम्बन्धित घरधनीहरूमा क्रमशः निलु गुरुङ, केशवराज भट्टराई, युवराज पंगेनी, कल्पना शर्मा, शारदा हाडा र कृष्णकुमारी वाडे रहेका छन्।

महानगरपालिकाले तोकिएको समयसीमाभित्र सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै बहालमा रहेका संरचनाहरू खाली गरिने प्रक्रिया अघि बढाइने जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै