काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपचार पछि आज बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आराम गरिरहेका प्रधानमन्त्री ओलीले ११ बजे आफ्नै निवासमा बैठक बोलाएका हुन् । नेकपा सचिवालयको बैठक पनि आजै बस्ने भनिएपनि समय अझै तय हुन सकेको छैन् । यसअघि हिजो नेकपा सचिवालय बैठक बसेको थियो ।
बैठकबाट उपनिर्वाचनका लागि आज बैठक बसेर उमेदवार तय गर्ने निर्णय गरेको थियो। कास्की-२ को प्रतिनिधिसभा उम्मेदवार विद्धा भट्टराईलाई बनाउने सहमति भइसकेको बताइएको छ।