२५ श्रावण २०८३, सोमबार
,
Latest
अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षे उमेर हद प्रश्ताव विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिर काटेर टेवलमा राखे पार्टीमा एकता हुन्छ भन्ने मानसिकता छ : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र शिर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताउनु भएको छ । ओलीले अहिलेको परिस्थितीमा पार्टी भित्र मजबुद एकता आवश्यक रहेको बताउनुभयाे ।

पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए । ‘शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ अध्यक्ष ओलीले भन्नुभयाे ।

‘विरोधीहरुबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरु र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे ’ उहाले भन्नुभयाे ‘पार्टीमा कोही एता फर्केर बोल्ने,कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समिक्षा नै नभइ कोही हस्ताक्षर गर्न कुद्ध्ने,कोही अनेक भ्रम फैलाउदै कुद्ध्ने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन ।’

अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताउनुभयाे  । एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताउनुभयाे ।

पार्टीको संगठन विभागले आयोजना गरेको कार्यक्रम आज र भोली चल्नेछ ।




भर्खरै