२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै



अ+ अ-

काठमाडाैँ । पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ ।

जापानी मौसम विज्ञान विभाग (जेएमए) ले वाकायामा प्रान्त हुँदै बग्ने कोजा नदीको बाढीका लागि उच्च स्तरको आपतकालीन चेतावनी जारी गरेको छ । यसैबीच अधिकारीहरूले स्थानीय बासिन्दालाई बढ्दो नदीको सतह र सम्भावीत बाढी जन्य खतराका लागि सतर्क रहन आग्रह गरका छन् ।

जेएमएले जापानका पश्चिमी र पूर्वी प्रशान्तका क्षेत्रमा अत्यधिक भारी वर्षाको पूर्वानुमान गरेको छ भने वर्षा सँग सम्बन्धित विभिन्न प्रकोपको जोखिम बारे जनतालाई सतर्क रहन चेतावनी दिएको छ । आगामी २४ घण्टामा कान्टो–कोशिन र टोकाई क्षेत्रहरूमा २०० मिलिमिटर र तोहोकुमा १२० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । हाल टोकियोका विभिन्न नदीहरूका लागि बाढीको चेतावनी जारी गरिएको छ ।