७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको माग गर्दै मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ



अ+ अ-

काठमाडाैँ । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित भएकाहरूले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत घेराउ गर्नुका साथै धर्ना दिएका छन् ।

मिटरब्याज पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले शुक्रबार अदालत परिसरमा प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा भेला भएका पीडितहरूले सरकारले आफ्ना समस्या समाधानमा ठोस पहल नगरेको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका हुन् ।

उक्त अवसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहे पनि राज्य पक्षबाट आश्वासनबाहेक केही नपाएको गुनासो गरे । उनले पटक–पटक गृहमन्त्री फेरिए पनि मिटरब्याज पीडितका मुद्दा सम्बोधन हुन नसक्नु दुःखद् भएको बताए ।

अध्यक्ष कुशवाहाले भने, “वर्तमान सरकारले सत्तामा जानुअघि हाम्रा समस्या समाधान गर्ने आश्वासन दिएको थियो। तर, सरकारमा पुगेपछि पीडितहरूमाथि झन् उजुरीको संख्या थपिएको छ र मानसिक तथा भौतिक प्रताडना दिने क्रम बढ्दो छ ।”

पीडितहरूले अदालतको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले अदालतबाट पीडितको पक्षमा भन्दा साहु–महाजनको पक्षमा बढी संरक्षण हुने गरेको आरोप लगाएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि समेत शान्तिपूर्ण धर्ना दिएका पीडितहरूले निष्पक्ष न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । न्यायका लागि आफूहरूको संघर्ष जारी रहने र माग पूरा नभए आन्दोलनलाई अझ उचाइमा पु¥याउने संघर्ष समितिले जनाएको छ ।