७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद मिङ्गा ग्याबु शेर्पालाई संसद्को सम्मान, सगरमाथा आरोहणमा ऐतिहासिक उपलब्धि



अ+ अ-

काठमाडौँ । संघीय संसद्का सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका प्रतिनिधिसभा सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।

संघीय संसद् सचिवालयमा आयोजित एक विशेष कार्यक्रममा सभामुख अर्यालले सांसद शेर्पालाई सम्मान तथा बधाई व्यक्त गरेका हुन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सांसद शेर्पालाई बधाई तथा सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी र राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थिति रहेको थियो ।

सांसद शेर्पाले वि.सं. २०८३ जेठ १३ गते (मे २७, २०२६) बिहान ५:४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुन् । यो उनको सगरमाथामा गरिएको दशौँ सफल आरोहण पनि हो ।

यस अवसरलाई संघीय संसद् र राजनीतिक नेतृत्वले गौरवपूर्ण उपलब्धि भन्दै प्रशंसा गरेका छन् ।




भर्खरै