७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल पौवाको स्टार यात्रा, जनकपुरधाममा खुल्यो १९औं शाखा



अ+ अ-

काठमाडाैँ ।  होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदैछ ।

उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन’ आयोजना गर्दैछ । चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । रुपन्देहीबाट सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

‘देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडल हो, जहाँ लगानीकर्ता र कर्मचारी दुवै संस्थाको विकास यात्राका साझेदार बनेका छन् । कर्मचारीहरुलाई लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै हामीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारेका छौं ।’ अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी हुने उपाध्यक्ष ध्रुवराज न्यौपानेले बताए ।

उनले भने ‘जनकपुरमा पौवाको चारतारे विस्तार यात्रा अर्को महत्वपूर्ण उपलब्धि हो । जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो । नेपाल–भारत धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा रहेको यस शहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।’

नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।

‘तिब्र विकासको लक्ष्य प्राप्तिका लागि सामुहिक लगानी मोडालिटी तयारी गरेका छौं । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पु¥याउने यात्रामा निरन्तर अग्रसर रहनेछ’, उनले भने । होटलमा ६२ वटा रुम रहेका छन् । चारतारेस्तरमा हुनुपर्ने सबै सुविधा (स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार हलहरु, रेस्टुरेन्ट, जीम, साउना स्टिम र स्पा सुविधासहितको पूर्वाधार रहेका छन् ।