• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

मैनबत्तीबाटै ७० हजार



बैतडी । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो । कक्षा ६ देखि ८ सम्म अध्यापन हुने ‘पेशा व्यवसाय र प्रविधि शिक्षा’ पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गर्दै आएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो ।

उत्पादित एक हजार ८५० प्याकेट मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायत बजारमा बिक्री गरिएको उहाँले बताउनुभयो । यसअघि उक्त विद्यालयले गत वर्ष पनि रू ५२ हजारको मैनबत्ती बिक्री गरेको थियो । मैनबत्ती बिक्रीबाट सङ्कलित रकम विद्यालयको गुणस्तर सुधारका लागि खर्च गरिने जनाइएको छ । उक्त विद्यालयले आफ्नो आर्थिक स्थिति सुधार तथा विद्यार्थीको पेशागत दक्षता हासिलका लागि प्रत्येक वर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ ।

निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न साहै्र गाह्रो भएकाले विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी रकम सङ्कलन गर्न थालिएको थियो । अविभावकको लगानीमा विभिन्न शैक्षिक सामग्री र बालउद्यानसमेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा परिचित छ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।