५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

 संसद् घटनाबारे छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउने तयारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा भएको अव्यवस्था, नाराबाजी तथा धक्कामुक्की लगायतका घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । सभामुखले संसद् नियमावलीअनुसार ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति बनाइएको जानकारी दिएका हुन् ।

सभामुखका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठकपछि भएका गतिविधिबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्न समिति गठन गरिएको हो । समितिलाई घटनाको सम्पूर्ण तथ्य संकलन गर्दै सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

गठन गरिएको समितिको संयोजक प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी रहेका छन् । समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्यका रूपमा रहेका छन् ।

सभामुखले सोमबार संसद् सचिवालयका कर्मचारीहरूसँग यस विषयमा परामर्शसमेत गरेका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो । त्यस क्रममा सांसदहरूबीच धक्कामुक्की र घम्साघम्सीसमेत भएको थियो ।

त्यो दिन प्रतिनिधिसभामा नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइएको थियो । विपक्षी दलहरूले संशोधन प्रस्तावहरूलाई संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने माग राखे पनि सभामुखले दफावार छलफल पूरा भइसकेको भन्दै प्रक्रियाअनुसार निर्णय अघि बढाएका थिए । त्यसपछि विरोधका बीच प्रस्तावलाई निर्णय प्रक्रियामा लगिएको थियो ।

यसैबीच, घटनाको छानबिन प्रतिवेदन प्राप्त भएपछि नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सभामुखले बताएका छन् ।




भर्खरै