२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० लाखसम्मका गाडी सस्ता हुने, विलासितामा मात्रै कर बढाएको हो : अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडौं । अर्थमन्त्री स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा विलाशिता गाडीमा मात्रै कर बढेको बताएका हुन्।

उनले केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए।

‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’

उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। उनले किलोवाटको सट्टा मुल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहात महशुस गरेको बताए।

उनले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।