५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि १८ उपसमिति प्रस्ताव



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन मूल आयोजक समिति अन्तर्गत विभिन्न १८ वटा उपसमिति प्रस्ताव गरेको छ।

प्रस्तावित उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचार–प्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक परिचालन तथा सूचना प्रविधि उपसमिति रहेका छन्।

यस्तै, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण तथा अनुशासन उपसमिति समेत प्रस्ताव गरिएको छ।

पार्टीले महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारी विभाजनसहित उपसमितिहरू गठनको तयारी गरेको जनाएको छ।