२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान



अ+ अ-

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लेबनानका राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग हाल जारी कूटनीतिक प्रयासबारे छलफल गर्नुभएको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार, अमेरिकाले यस क्षेत्रको तनाव घटाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न उद्देश्यसहित एक चरणबद्ध प्रस्ताव अघि सारेको छ ।

ती अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग कुरा गर्दै बताउनुभयो कि प्रस्तावअनुसार, हिजबुल्लाहले सबै प्रकारका आक्रमणहरू पहिले रोक्नुपर्नेछ । त्यसपछि मात्र इजरायलले बेरुततर्फ कुनै पनि प्रकारको सैन्य तनाव वा विस्तार नगर्ने प्रतिबद्धता जनाउनेछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार लेबनानभित्र इजरायली सेनाको गतिविधि विस्तार गर्ने चेतावनी दिनुभएको छ, जसले क्षेत्रीय स्थिति थप संवेदनशील बनाएको छ । यता फ्रान्सले अवस्थालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठक सोमबारका लागि आह्वान गरेको छ ।

अमेरिकी अधिकारीका अनुसार लेबनानका राष्ट्रपति जोसेफ आउनले अमेरिकी प्रस्तावलाई अगाडि बढाउने प्रयास गर्नुभएको भए पनि संसद सभामुख नबीह बेरीको प्रतिक्रिया अपेक्षाअनुसार सकारात्मक नभएको बताइएको छ । बेरीलाई इरान समर्थित हिजबुल्लाहसँग निकट मानिन्छ ।

हिजबुल्लाहले भने आफ्नो तर्फबाट इजरायलले पहिले आक्रमण रोक्नुपर्ने अडान दोहो¥याउँदै आएको छ । अमेरिकी अधिकारीले भन्नुभयो, “हिजबुल्लाहले इरानको मार्गनिर्देशन पछ्याइरहेको देखिन्छ, र यसले लेबनानी जनताको दीर्घकालीन हितलाई प्राथमिकतामा राखेको देखिँदैन ।”

उहाँका अनुसार, हालको अवस्थामा सबैभन्दा छिटो र प्रभावकारी उपाय भनेको हिजबुल्लाहले तुरुन्तै आक्रमण रोक्नु हो, जसले दुवै पक्षका नागरिकको सुरक्षा सुनिश्चित गर्न र तनाव कम गर्न मद्दत गर्नेछ । यसैबीच, इजरायल र लेबनानबीच जुन २ र ३ तारिखमा वाशिङ्टनमा अर्को चरणको वार्ता हुने तय भएको छ।

यी दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिकाको मध्यस्थतामा संवाद अघि बढिरहेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च महिनादेखि हालसम्म इजरायली आक्रमणमा तीन हजार ४१२ भन्दा बढी मानिसको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। स्थिति अझै पनि अत्यन्त संवेदनशील रहेको र मानवीय अवस्था गम्भीर बन्दै गएको बताइएको छ ।