३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग जेन–जी नागरिक अभियानको मागः मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय जेन–जी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अभियानले जेनजी आन्दोलनको दोषीहरुबारे आयोगले तथ्य बाहिर ल्याएको उल्लेख गर्दै उनीहरुमाथि तत्काल अनुसन्धानको प्रक्रिया अघि बढाई कारबाही गर्न माग गरेको हो ।

आयोगको प्रतिवेदनले जेनजी आन्दोलनबारे तथ्यहरु बाहिर ल्याएकाले थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको अभियानका सचिव प्रकाश बमले बताउनु भयो । उहाँले आयोगको प्रतिवेदनलाई सरकारले गम्भिरतापूर्वक ग्रहण गर्ने र सोही अनुसार अघि बढनुपर्ने पनि बताउनु भयो ।

सचिव बमले भन्नुभयो,‘कार्की आयोगको प्रतिवेदनले छुटाएको केही कुराहरु यो प्रतिवेदनले प्रकाशित गरेको छ । यो प्रतिवेदन सार्वजनिक हुनुमात्रै ठूलो कुरा होइन । राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेका कुराहरुलाई, व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनु यो सरकारको प्रमुख दायित्व हो । राष्ट्रिय मानव अधिकार आयोगले जुन तथ्यहरु सार्वजनिक गरेको छ । ती तथ्यहरु सार्वजनिक गर्नु मात्रै ठूलो कुरा होइन । त्यसको कार्यान्वयन र त्यसले मार्गदर्शन गरेको कुरालाई सरकारले कार्यान्वयन गर्नुपर्दछ ।’

अभियानले जेन–जी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै सरकारप्रति असन्तुष्टि पनि जनाएको छ ।