२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित



अ+ अ-

काठमाडाैँ । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ ।

सभाको आइतवारको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली (पहिलो संशोधन) विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताउनु भयो ।

उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको मन्त्री गौतमले बताउनु भयो । साथै उक्त विधेयकमा दिन्नँ ‘नो भोट’को व्यवस्था गरिएको समेत मन्त्री गौतमको भनाइ छ ।