२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान



अ+ अ-

काठमाडाैँ । नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभएको हो ।

उहाँले सुर्तीजन्य पदार्थका कारण विश्वभर प्रत्येक वर्ष करिव ८० लाख मानिसको मृत्यु हुने गरेको समेत जानकारी गराउनु भयो । उहाँले मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर क्षति पु¥याइरहेको बताउनु भयो ।

उहाँले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमानका लागि नेपाल सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ लगायत विभिन्न कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयन गर्दै आएको जानकारी गराउनु भयो ।

उहाँले नेपाल विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गर्दै सार्वजनिक स्थानमा धुम्रपान निषेध, सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धन नियन्त्रण, १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीतिलाई नियन्त्रणका प्रमुख उपायका कार्यान्वयन गरिरहेको समेत बताउनु भयो । यद्यपि, अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थमा लगाइएको कर अपेक्षाकृत कम रहेको भन्दै असन्तुष्टि समेत जनाउनु भयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र नागरिकस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको पनि बताउनु भयो ।




भर्खरै