४ श्रावण २०८३, सोमबार
,
Latest
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन विरुद्ध कुशल भुर्तेलको शतक, १६ छक्का प्रहार



अ+ अ-

काठमाडौं । नेपाली ब्याटर कुशल भुर्तेलको आक्रामक शतक तथा कुशल मल्ल र रोहित पौडेलको दर्शनीय अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सिंगापुरमा भएको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ ।

कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाए । उनले ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो ।

भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् ।

यसैबीच, जवाफी ब्याटिङमा उत्रेको चीनले ६ ओभरमा २ विकेट गुमाएर २४ रन जोडेको छ । नेपाली बलर सोमपाल कामीले २ विकेट लिएका छन् ।

नेपाल सहित चीन, मलेसिया र कतार समूह ए मा रहेका छन् । समूह बी मा भने बहराइन, ओमान, हङकङ र सिंगापुर रहेका छन् ।