१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

लेबनानमा इजरायली आक्रमणबाट १९ जनाको मृत्यु, भग्नावशेषमा खोजी र उद्धार कार्य जारी

लेबनानमा इजरायली आक्रमणबाट १९ जनाको मृत्यु, भग्नावशेषमा खोजी र उद्धार कार्य जारी
अ अ+ अ-

काठमाडौँ। लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

लेबनानी अधिकारीहरूकाअनुसार प्रभावित क्षेत्रहरूमा भग्नावशेष पन्छाउँदै जीवितहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

दक्षिण लेबनानको सिडोन सहरस्थित एउटा आवासीय भवनलाई लक्षित गरी रातको समयमा गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट प्राप्त दृश्यहरूमा उद्धारकर्मीहरूले भग्नावशेषबाट शव र घाइतेहरूलाई बाहिर निकालिरहेको देखिन्छ । आक्रमणका कारण वरपरका अन्य भवन र सवारी साधनहरूमा पनि ठूलो क्षति पुगेको छ ।

यसैगरी, टायर जिल्लाका विभिन्न स्थानमा भएका आक्रमणहरूमा पनि सर्वसाधारणहरू हताहत भएको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत महिना युद्धविरामको घोषणा गरिए पनि लेबनानका विभिन्न भूभागमा इजरायली सैन्य कारबाही र हवाई आक्रमणहरूले निरन्तरता पाइरहेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल