२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात टाइटन्स फाइनलमा प्रवेश, सूर्यवंशीको ९६ रन खेर गयो



शुभमन गिल
अ+ अ-

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको फाइनलमा गुजरात टाइटन्सले स्थान पक्का गरेको छ । अब आइतबार हुने फाइनलमा गुजरातले बिराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग खेल्नेछ ।

शुक्रबार भएको इलिमिनेटर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । यसमा गुजरातका लागि कप्तान शुभमन गिलले दर्शनीय १०४ रनको शतकीय पारि खेलेका थिए । उनले १५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

पहिलो विकेटकमा रुपमा साई सुदर्शनले ५८ रन बनाए । उनी हिट विकेट भएर आउट भए । गिल र सुदर्शन बीच १६७ रनको साझेदारी भएको थियो ।

यसअघि टस जितेर राजस्थान रोयल्सले ब्याटिङ रोजेको थियो । २० ओभरको यस खेलमा राजस्थानले प्रतिभावान युवा खेलाडी वैभव सूर्यवंशीको दर्शनीय ९६ रनको मद्दतले २१४ रन बनाएको थियो ।

पहिलो दुई ओभरभित्रै २ विकेट (यशस्वी जयसवाल र ध्रव जुरेल) गुमाएर दबाबमा परेको गुजरातले सूर्यवंशीको ब्याटिङका कारण मध्यम स्कोर खडा गर्न सफल भएको थियो ।

जितका लागि २१५ रनको लक्ष पछ्याएको गुजरात टाइटन्सले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।