११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई एलडिसीको सूचीबाट स्तरोन्नति गराउन दुई वर्ष समय थप्ने



अ+ अ-

काठमाडाैँ । सरकारले नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गराउने समय दुई वर्ष थप गर्ने भएको छ ।

शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्तरोन्नतीको प्रक्रिया तत्काल अघि नबढाई थप दुई वर्षका लागि स्थगित गर्ने निर्णय गरेको बताउनु भयो ।

नेपालले राष्ट्रसंघले तोकेको न्यूनतम योग्यता पूरा गरिसकेको भएपनि दिगो र अप्रतिगम्य स्तरोन्नतिको सुनिश्चितताका लागि समय आवश्यक रहेको बताउनु भयो । उहाँले घनीभूत आर्थिक, सामाजिक तथा राष्ट्रिय पुनर्जागरणको आधारमा नेपाललाई थप सुदृढ बनाउँदै स्तरोन्नति गराउने सरकारको नीति रहेको बताउनु भयो ।

यसअघि निजी क्षेत्रले सरकारलाई तीन वर्ष समय थप गर्न सुझाव दिदै आएका थिए । नेपालले २०२६ मा अतिकम मुलुकबाट विकासोन्मुख देशमा स्तरोन्नती गर्ने लक्ष्य राखेको थियो ।