११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडाैँ । सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको हो ।

उहाँले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बताउनुभयो । नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरी नियामक र सञ्चालक निकाय छुट्टाछुट्टै बनाइने उल्लेख गर्नुभयो ।

लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान÷योग केन्द्रको विकास गरिने उहाँको भनाइ छ । उहाँले योग, ध्यान, साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको उल्लेख गर्नुभयो । उक्त योजनाले मनाङ, मुस्ताङ र म्याग्दीलगायत हिमाली सांस्कृतिक अनुभवलाई विश्वस्तरमा चिनाउने प्रयास गरेको उहाँले बताउनुभयो ।