६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने

भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने
अ+ अ-

काठमाडाैँ । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेस गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले कर प्रणाली, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थामा व्यापक सुधार गर्ने घोषणा गर्नुभयो । उहाँले कर प्रशासनलाई दण्डात्मक नभई विकासको सहयात्री बनाउने नीति पनि अघि सारेको बताउनुभयो ।

यस्तै, करदातामैत्री वातावरण निर्माण गर्दै लामो समयदेखि कायम कर विवाद समाधानका लागि विशेष छुट तथा सहुलियत योजना पनि अघि सारिएको उल्लेख गर्नुभयो । सरकार वा करदाता पक्षबाट अदालत तथा अन्य न्यायिक निकायमा विचाराधीन रहेका कर विवादमा तोकिएको कर रकममा एक प्रतिशत थप गरी निर्धारित अवधिभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क तथा ब्याज मिनाहा गरिने व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले सङ्घीय प्रशासनिक संरचनालाई थप चुस्त र परिणाममुखी बनाउने नीति पनि अघि सारेको छ । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ मा सीमित गरिसकिएको उल्लेख गर्दै अर्थमन्त्रीले अब विभाग, कार्यालय तथा दरबन्दी कटौतीमार्फत बचत हुने स्रोत प्रशासनिक दक्षता अभिवृद्धिमा प्रयोग गरिने बताउनुभयो । सो व्यवस्थाअन्तर्गत ३१ निकाय खारेज, छ निकाय ‘मर्जर’, छ निकाय हस्तान्तरण तथा १८ निकायको पुनसंरचना गरिनेछ । कर्मचारीतन्त्रलाई उच्च कार्यसम्पादनयुक्त, कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी तथा शिक्षक सेवाका सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गरिने सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ ।

बजेटमा साधारण खर्च नियन्त्रणलाई पनि बजेटको प्रमुख प्राथमिकतामा राखिएको छ । कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाइएको जनाउँदै उहाँले तालिम केन्द्र बाहिर सञ्चालन हुने तालिम खर्च, क्यामरा, टेलिभिजनलगायत उपकरण खरिदमा विनियोजन हटाइएको जानकारी दिनुभयो । त्यस्तै, विभिन्न शीर्षकमा अतिरिक्त सुविधा दिने प्रचलन अन्त्य गरिने उल्लेख छ ।

त्यस्तै, सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीलाई सोही संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा दिइँदै आएको छुट सुविधा हटाइएको छ । गाभिएका वा खारेज भएका निकायको दरबन्दी मिलान तथा दायित्व व्यवस्थापन पूरा नभएसम्म ती निकायका लागि छुट्याइएको रकम रोक्का गरिने व्यवस्था गरिएको छ । यसबाट करिब रु २० अर्ब बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको अर्थमन्त्रीको भनाइ छ ।

लगानी प्रवद्र्धन, आर्थिक सुधार तथा सहज सेवा प्रवाहका लागि दर्जनौँ ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको निर्माण, संशोधन वा प्रतिस्थापन गरिने छ । अप्रासंगिक भइसकेका १५ वटा कानुन तत्काल खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसद्मा प्रस्तुत गरिने छ । त्यस्तै, बजेटमार्फत कम्पनी कानुनमा संशोधन गरी स्वार्थको द्वन्द्व, विवरण खुलासालगायत विषयमा स्पष्टता कायम गरिने तथा कम्पनी खारेजी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउने व्यवस्था गरिएको छ ।