११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने छः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडाैँ । सरकारले गैर आवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तराष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिन सक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री वाग्लेले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘गैर आवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउन, विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता तथा पूँजीगत लाभकर सम्बन्धि कानूनी व्यवस्था परिमार्जन गर्नेछौ । मुलुककी देवानी संहितामा संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता अन्तराष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिन सक्ने व्यवस्था गर्नेछौँ ।’

अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर सम्बन्धि कानूनी व्यवस्थामा पनि सुधार गरिने बताउनु भयो ।