११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा मातृभूमि कोष स्थापना गर्ने घोषणा, इन्धन भण्डारण र एआई फ्याक्ट्रीमा लगानी गर्ने योजना



अ+ अ-

काठमाडौं । सरकारले कम्तीमा तीन महिनाको इन्धन भण्डारण र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी ‘एआई फ्याक्ट्री’ लगायत रणनीतिक आयोजनामा लगानी गर्ने उद्देश्यले “मातृभूमि कोष” स्थापना गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।

उनका अनुसार मातृभूमि कोषमार्फत देशका दीर्घकालीन रणनीतिक पूर्वाधार तथा प्रविधिमूलक परियोजनामा लगानी परिचालन गरिनेछ। कोषको प्राथमिकतामा इन्धन सुरक्षासँग सम्बन्धित भण्डारण क्षमता विस्तार र एआई प्रविधि विकासलाई राखिने उनले बताए।