४ श्रावण २०८३, सोमबार
,
Latest
दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल भुक्तानीमा १० प्रतिशत भ्याट छुट दिने सरकारको घोषणा



अ+ अ-

काठमाडौं । डिजिटल भुक्तानीमार्फत खरिद गर्दा १० प्रतिशत भ्याट छुट दिने व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार डिजिटल माध्यमबाट भुक्तानी गर्दा उपभोक्तालाई तत्कालै १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने व्यवस्था लागू गरिनेछ ।

हाल उपभोक्ताले विभिन्न वस्तु तथा सेवामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् । तस्बिर : रत्न श्रेष्ठ / रासस