२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरएमआईएस मर्मतका कारण ट्राफिक जरिवाना भुक्तानी सेवा केही समय अवरुद्ध हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली केही समयका लागि अवरुद्ध हुने भएको छ।

महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालनमा रहेको रेभेन्यु म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आरएमआईएस) मा प्राविधिक मर्मत तथा सम्भार कार्य भइरहेकाले सेवा अवरुद्ध हुने भएको हो।

नेपाल प्रहरीकाे अनुसार उक्त प्रणाली मर्मतका क्रममा रहेकाले आज (शुक्रबार) दिउँसो ३:३० बजेबाट न्यूनतम ४ घण्टादेखि अधिकतम १४ घण्टासम्म अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी सेवा प्रयोगमा अवरोध हुने छ।

उक्त अवधिमा सेवाग्राहीहरूले अनलाइन भुक्तानी गर्न नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।