७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु



अ+ अ-

कास्की। पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा गोताखोरसहितको १४ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

सो टोलीले खोजी गर्ने क्रममा बालकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याएको र सोही क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । रासस