२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयका लागि १,८०८ दरबन्दी स्वीकृत, लोक सेवा आयोगमार्फत पदपूर्ति प्रक्रिया अघि बढ्ने



अ+ अ-

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन अध्ययन सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १,८०८ दरबन्दी स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भई दरबन्दी संरचना औपचारिक रूपमा मन्त्रालयमा हस्तान्तरण गरिएको हो।

मन्त्रालयका अनुसार स्वीकृत दरबन्दीमध्ये हाल कायम रहेका ८३१ दरबन्दीमा थप ९७७ नयाँ दरबन्दी थपिएर कुल १,८०८ दरबन्दी कायम गरिएको छ। यससँगै स्वास्थ्य सेवा क्षेत्रमा जनशक्ति विस्तारको प्रक्रिया अघि बढ्ने भएको छ।

स्वीकृत दरबन्दीका आधारमा अब लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने मन्त्रालयले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी रिक्त पदहरूमा प्रतिस्पर्धात्मक परीक्षामार्फत कर्मचारी भर्ना गरिने तयारी गरिएको छ।

मन्त्रालयले विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको जनाएको छ, जसले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, मन्त्रालयले यो स्वीकृत सूची संघीय पुल दरबन्दीको संरचनासँग सम्बन्धित मात्र रहेको स्पष्ट पारेको छ। सिएमए, अहेब, अनमी लगायत प्राविधिक तथा सहयोगी तहका स्वास्थ्यकर्मीहरूको हकमा प्रदेश र स्थानीय तहहरूमा निकट भविष्यमा ठूलो संख्यामा दरबन्दी खुल्ने तयारी भइरहेको जानकारीसमेत मन्त्रालयले दिएको छ ।