• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो ।

परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति तथा वडा नं १२ मा १७ ज्येष्ठ नागरिक रहेका छन् । अपाङ्गता भएका आठमध्ये पाँचले निलो र एक/एक जनाले पहेँलो, सेतो र रातो कार्ड पाएका छन् । नगरपालिकाका प्रमुख घनश्याम गिरीले शारिरीकरूपले अशक्त तथा वृद्धवृद्धालाई सम्बन्धित वडामै पुगेर परिचयपत्र वितरण गरिएको जानकारी दिए ।

“आगामी दिनमा अरु वडामा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पनि परिचयपत्र वितरण गछौँ”, उनले भने । घुम्ती शिविर सञ्चालनसँगै सेवा लिनबाट कोही पनि बञ्चित हुनुनपर्ने नगरपालिकाले जनाएको छ ।