३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

पर्यटक बढे, खर्च घट्यो : नेपालमा दैनिक औसत खर्च १९ प्रतिशतले खुम्चियो

पर्यटक बढे, खर्च घट्यो : नेपालमा दैनिक औसत खर्च १९ प्रतिशतले खुम्चियो
अ+ अ-

काठमाडाैँ । नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो । नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताउनुभयो ।

उहाँका अनुसार नेपाल आउने पर्यटकले यात्रामै बढी खर्च गर्नुपर्ने बाध्यता भएकाले खुलेर खर्च गर्ने अवस्था नरहेको हो । “यातायात टिकट नै तीन हजार डलर पुग्छ । यस्तो अवस्थामा पर्यटकले यहाँ आएर प्रशस्त खर्च गर्ने पैसा कटौती हुन्छ”, उहाँले भन्नुभयो, “हामीले पर्यटकलाई खर्च गराउने वातावरण सिर्जना गर्न सकेका छैनौँ ।” सङ्घका अध्यक्ष थापलियाले पर्यटकलाई खर्च गराउन विलासी प्याकेज (लक्जरियस प्याकेज) को प्रावधान बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्ल्याउनुभयो ।

बाटो सुविधायुक्त बनाउने, खर्च गर्ने कलात्मक संरचना निर्माण गर्ने र ट्राभल शुल्क कम गर्ने हो भने पर्यटकले खर्च गर्ने आधार बढ्ने उहाँको तर्क छ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले बुधबार प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ मा गत आर्थिक वर्ष (सन्, २०२४) मा ४० दशमलव ८४ अमेरिकी डलर औसत खर्च गर्ने पर्यटकले सन् २०२५ मा ३३ दशमलव शून्य आठ अमेरिकी डलर मात्रै खर्च गरेका छन् । यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको थापलियाले जानकारी दिनुभयो ।

सर्वेक्षणका अनुसार सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली (सिटिएमआइएस) बाट अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गरेपछि स्वचालित हिसाबले गणना हुने प्रबन्ध गरिएकाले पर्यटकको प्रतिदिन औसत खर्चसमेत सोही अनुपातमा घटेको हो । सर्वेक्षणले गत वर्षको तुलनामा यसवर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या एक दशमलव तीन प्रतिशतले वृद्धि भई लाख ६२ हजार ३६५ पुगेको छ देखाएको छ । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक भित्रिएका थिए ।

नेपालमा भित्रिने पर्यटकमध्ये ६० दशमलव दुई प्रतिशत बिदा र मनोरञ्जनका लागि आउने गरेका छन् । यसमा पनि सबैभन्दा बढी घुम्न आउने पर्यटकमा तीर्थयात्री १४ दशमलव चार प्रतिशत रहेका तथ्याङ्कले देखाएको सङ्घका अध्यक्ष थापलियाले उल्लेख गर्नुभयो । उहाँका अनुसार पदयात्रा पर्वतारोहणका लागि १४ दशमलव दुई प्रतिशत र अन्य प्रयोजन (व्यापार, अध्ययन, भ्रमण वा अन्य विविध) का लागि ११ दशमलव दुई प्रतिशत पर्यटक नेपाल आएका छन् । यसरी नेपाल भ्रमण गर्ने पर्यटकको बसाइ अवधिसमेत बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइ अवधि १३ दशमलव ३० दिन रहेकामा सन् २०२५ मा १६ दशमलव ३४ दिन पुगेको छ । तथ्याङ्कअनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये भारतबाट करिब दुई लाख ९३ रहेका छन् । त्यसैगरी, अमेरिकाबाट एक लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बङ्गलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्यान्डबाट ३० हजार, जर्मनीबाट ३० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्याण्डबाट ३० हजार जर्मनीबाट ३० हजार, जापानबाट २५ हजार र अन्य मुलुकबाट तीन लाख ७१ हजार रहेका छन् । तथ्याङ्कले २०२५ मा भ्रमण आय चार दशमलव आठ प्रतिशत वृद्धि भएको देखाउँछ ।

गत वर्ष आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय ८३ अर्ब ३९ करोड ४० लाख थियो । ठमेल पर्यटन परिषद् विकास परिषद्को उपाध्यक्ष सहदेव धमलाले पर्यटकले पर्याप्त खर्च गरे मात्रै राज्यको कुल गार्हस्थ उत्पादनमा योगदन पुर्‍याउन सकिने बताउनुभयो । उहाँका अनुसार अहिले पर्यटकलाई गुणस्तर किनमेल गर्ने वस्तुको अभाव छ । त्यस्तै, पर्यटकको चाहनाअनुसारका सेवा प्रवाहमा पनि नेपाल व्यवस्थित हुन आवश्यक रहेको उहाँले बताउनुभयो । “सेवा प्रवाह नै बलियो बनाउन र पर्यटकले किनमेल गर्ने गुणस्तर वस्तुको उत्पादन गर्न राज्यले लगानीमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।