२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौंः हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश दिनेछ । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, बुधबार साधारण सभा बोलाएको छ ।

यसका साथै ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि भएअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हिमालयन डिष्टिलरीको पछिल्लो पटक बिहीबार प्रतिकित्ता शेयर रु. ६,९५५ मा कारोबार भइरहेको छ ।