१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजीगत बजेटको एक प्रतिशत नवप्रवर्तनमा छुट्याउन सांसद पुनको माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरे ।

सरकारले हालै ‘नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय’ स्थापना गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उनले उक्त मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औँल्याए ।

सांसद पुनले वर्तमान अर्थतन्त्रको विकासका लागि नवप्रवर्तनको महत्व बुझ्न जरुरी रहेको बताए । उनले वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यवसायिक रूप दिई उत्पादन बढाउनु नै नवप्रवर्तन भएको स्पष्ट पारे ।

नवप्रवर्तनका माध्यमबाट स्वदेशमै वस्तुहरू उत्पादन गर्दा आयात प्रतिस्थापन हुने, रोजगारी बढ्ने र अन्ततः राज्यको कर संकलनमा वृद्धि भई विकास निर्माणका काममा बजेट जुटाउन सहज हुने उनको तर्क छ । उनले नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री स्वयंले चासोका साथ लिनुपर्ने सुझाव समेत दिए ।

उनले भने, “मन्त्रालय त खोलियो, तर यसलाई व्यवस्थित गर्न बाँकी छ । आगामी बजेटमा पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब ३ अर्ब रुपैयाँ यस क्षेत्रका लागि छुट्याउनुपर्छ । हाम्रा अर्थमन्त्रीजी एक कुशल अर्थशास्त्री हुनुहुन्छ, तर देशको अर्थतन्त्र उकास्न विज्ञान र नवप्रवर्तनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उहाँको गहिरो ध्यान पुग्न सकेको छैन कि भन्ने मलाई भान भएको छ ।”

संसद्मा चलचित्र सम्बन्धी नयाँ विधेयकमाथि भइरहेको छलफलका सन्दर्भमा बोल्दै पुनले आफूले विगत २६ वर्षदेखि चलचित्र नहेरेको बताए ।