२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ ।

यसैगरी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहान प्रभातफेरि निकालिने र मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, जेठ १६ गते प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाइमा अस्पतालका बिरामीले फलफूल वितरण गर्ने, सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमका आश्रितलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गरिने निर्णय भएको छ ।

मूल समारोह समितिको बैठकले जेठ १५ गते विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकीसहित सहभागिताका लागि आग्रह गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको नेतृत्वमा ११ सदस्यीय समितिले दिवसलाई सम्पन्न गर्नेछ ।