२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

भेटवार्तामा उहाँहरुबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो । भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको डा अधिकारीले बताउनुभयो ।

सो क्रममा उहाँहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।