५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारद्वारा घूस मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ । आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो ।

सरकारी साक्षीका रूपमा उपस्थित प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ । गत वैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ ।

आयोगले स्याङ्जा पुतलीबजारका विप्लव पोखरेलविरुद्ध रु ५६ हजार ३५०, हेटौँडा उपमहानगरपालिकाका प्रल्हाद गौतमविरुद्ध रु ३७ हजार ५०० र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध रु २७ हजार ३५० बराबरको बिगो माग दाबी गरेको छ । उनीहरूले सो बराबरको रकम ढुण्डिराज दाहाललाई घूसबापत दिएका थिए । दाहाल यसअघि नै घूस लिएको अभियोगमा पक्राउ परेका थिए ।