२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल: इङल्यान्ड र क्रोएसियाको टोलीमा को को परे ?



अ+ अ-

काठमाडौं: बहुप्रतिक्षित फिफा विश्वकप फुटबल प्रतियोगिता यही जेठ २८ गतेदेखि सुरु हुँदैछ । यस पटक ४८ वटा टिमले सहभागिता जनाउने छन् ।

यो प्रतियोगिता संयुक्तराज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरुपमा आयोजना गर्दैछन् । प्रतियोगिताको उदघाटन र समापन खेल अमेरिकामै हुनेछ ।

अहिले यी ४८ टिमले आआफ्ना २६ सदस्य खेलाडीको नाम घोषणा गरिरहेका छन् । यी खेलहरु १२ वटा समूहमा हुनेछन् ।

न्युजपोलारले खेलकूदको यस महाकुम्भमा सहभागी हुने टिम र त्यसका खेलाडीको नाम क्रमश: सार्वजनिक गर्दैछ ।

 

इङल्यान्ड (समूह एल) को टिमका सदस्य

गोलकिपरहरू: डिन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन), जेम्स ट्राफोर्ड (म्यानचेस्टर सिटी)

डिफेन्डरहरू: ड्यान बर्न (न्युक्यासल युनाइटेड), मार्क गुएही (म्यानचेस्टर सिटी), रिस जेम्स (चेल्सी), एज्री कोन्सा (एस्टन भिल्ला), टिनो लिभ्रामेन्टो (न्युक्यासल), निको ओ’राइली (म्यानचेस्टर सिटी), जारेल क्वान्सा (बायर लेभरकुसेन), जेड स्पेन्स (टोटेनहम), जोन स्टोन्स (म्यानचेस्टर सिटी)

मिडफिल्डरहरू: एलियट एन्डरसन (नटिङ्घम फरेस्ट), जुड बेलिङ्घम (रियल म्याड्रिड), एबेरेची एजे (आर्सनल), जोर्डन हेन्डरसन (ब्रेन्टफोर्ड), कोबी माइन्नु (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल), मोर्गन रोजर्स (एस्टन भिल्ला)

फरवार्डहरू: एन्थोनी गोर्डन (न्युक्यासल युनाइटेड), ह्यारी केन (बायर्न म्युनिख), नोनी माडुके (आर्सनल), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना), बुकायो साका (आर्सनल), इभान टोनी (अल-अहली), ओली वाट्किन्स (एस्टन भिल्ला)

क्रोएसिया टिम (समूह एल)

गोलकिपरहरू: डोमिनिक लिभाकोभिच (डिनामो जाग्रेब), डोमिनिक कोटार्स्की (कोपेनहेगन), इभोर पाण्डुर (हल सिटी)

डिफेन्डरहरू: योश्को ग्वार्डिओल (म्यानचेस्टर सिटी), दुवे चालेता-कार (रियल सोसिएडाड), योसिप शुतालो (अज्याक्स एम्स्टर्डम), योसिप स्तानिसिक (बायर्न म्युनिख), मरीन पोनग्राचिच (फियोरेन्टिना), मार्टिन एर्लिच (मिड्ट्जिल्यान्ड), लुका वुस्कोभिच (ह्याम्बर्ग)

मिडफिल्डरहरू: लुका मोड्रिच (एसी मिलान), माटेओ कोभाचिच (म्यानचेस्टर सिटी), मारियो पासालिच (एटलान्टा), निकोला भ्लासिच (टोरिनो), लुका सुसिच (रियल सोसिएडाड), मार्टिन बटुरिना (कोमो), क्रिस्टिजन जाकिच (अग्सबर्ग), पेटार सुसिच (इन्टर मिलान), निकोला मोरो (बोलोनिया), टोनी फ्रुक (रिएका)

फरवार्डहरू: इभान पेरिसिच (पीएसभी इन्डहोभेन), आन्द्रेज क्रामारिच (होफेनहाइम), आन्ते बुदिमिर (ओसासुना), मार्को पासालिच (ओरल्यान्डो सिटी), पेटार मुसा (डलास), इगोर मातानोभिच (फ्राइबर्ग)




भर्खरै