५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता



अ+ अ-

काठमाडाैँ । भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठक पछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गर्नु भएको हो । क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उहाँले यी स्रोतहरू सुरक्षित गर्नु महत्वपूर्ण भएको उल्लेख गर्नु, भएको छ ।

सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उदेश्यले गरिएको जनाइएको छ । उहाँका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानी समावेश हुनेछ । यसले सरल र विविधीकृत आपूर्ति श्रृङ्खलालाई बलियो बनाउदै सम्बन्धित मुलुकहरुलाई वित्त पोषण लगायतमा सहयोग गर्ने उहाँले बताउनु भएको छ । सम्झौतालाई वासिङ्टन र नयाँ दिल्लीको बीचको साझेदारीलाई सुदृढ पार्ने प्रमाणको रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यन्वयनमा केहि चुनौतिहरू भएता पनि धेरै अवसरहरू भएको बताउनु भएको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले संयुक्त राज्य अमेरिकाका लागि भारतको महत्त्वलाई प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताउनुभएको छ । पछिल्ला केही दिनमा संयुक्त राज्य अमेरिका र भारत बीचको रणनीतिक गठबन्धन र राष्ट्रिय हितकालागि सम्झौताको महत्वको बारेमा बारम्बार उजागर गरेको बताउनु भएको छ ।

उहाँले भारत र अमेरिकाले नवीनता अर्थतन्त्रका लागि महत्वपूर्ण खनिज र आपूर्ति श्रृंखलाहरूमा भरपर्दो दीर्घकालीन पहुँच सुनिश्चित गर्न रणनीतिक चासो सहित सम्झौता भएको बताउनु भएको छ । सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य तत्वहरू उच्च– इलेक्ट्रोनिक्स, ऊर्जा प्रविधि, रक्षा प्रणाली, र विद्युतीय सवारीका लागि महत्वपूर्ण अवयव भएको भन्दै यसको आपूर्ति श्रृङ्खलाहरूलाई विविधीकरण गर्ने आपूर्तिकर्ताहरू बीच निर्भरता कम गर्ने विश्वव्यापी प्रयासको बीचमा आएको जनाइएको छ ।




भर्खरै