४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुम्बाराहीको बबल टी क्याफेमा म्याद सकिएका खाद्य सामग्री फेला, नष्ट गर्न निर्देशन



अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरी गुनासो सम्बोधनका क्रममा गरेको अनुगमन निरीक्षणमा एक खाद्य उद्योगको गोदाममा म्याद समाप्त भएका उपभोग्य सामग्री फेला परेको जनाएको छ।

ज्यानिज बबल टि एण्ड क्याफे प्रा. लि., काठमाडौं–०४, धुम्बाराहीमा सञ्चालनमा रहेको उद्योगको गोदाममा अनुगमन गर्दा “एक्सपाइरी जोन” मा केही म्याद समाप्त भएका खाद्य पदार्थहरू रहेको पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा उद्योगले पछिल्ला करिब चार महिनादेखि प्याकेजिङ कार्य बन्द रहेको र विदेशबाट आयातित बबल टी सामग्री वितरण गर्दै आएको जानकारी प्राप्त भएको थियो। यद्यपि स्थलगत निरीक्षणमा उजुरीमा उल्लेख गरिएजस्तै हनी ड्यू क्रिमरजस्ता म्याद सकिएका सामग्री भने फेला नपरेको पनि विभागले स्पष्ट पारेको छ।

उद्योगमा कार्यरत कर्मचारीहरूले पनि पुनः लेबलिङ गरी म्याद नाघेका सामग्री बिक्री नगरेको बताएका छन्। अनुगमन गरिएको खाद्य व्यवसाय एक मात्र रहेको विभागले जनाएको छ।

निरीक्षण प्रतिवेदन अनुसार गोदाममा रहेका म्याद समाप्त भएका करिब २३ कार्टुन (झण्डै २,८०० ग्राम) तथा अन्य सामग्री ५६ कार्टुन (झण्डै १९,००० ग्राम) स्थानीय निकायको रोहबरमा प्रक्रिया पुर्‍याई नष्ट गरिएको छ। सोको प्रमाणसहित ७ दिनभित्र विभागमा जानकारी गराउन पनि निर्देशन दिइएको छ।

कारबाही तथा नष्ट गर्ने प्रक्रिया खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको विभागले जनाएको छ। अनुगमन प्रतिवेदनलाई औपचारिक रूपमा जारी गर्दै विभागले खाद्य व्यवसायलाई स्वच्छता, गुणस्तर र उपभोक्ता सुरक्षामा कडाइका साथ पालना गर्न आग्रह गरेको छ।