२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई हर्कले भने: लिपुलेक–लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको आसन्न भारत भ्रमणलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

अध्यक्ष राईले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई भारतसँग लिपुलेक–लिम्पियाधुरा क्षेत्रको विषय उठाउन आग्रह गरेका हुन्। उनले लेखेका छन्, “रबी लामिछाने जी, अब भारत गएर लिपुलेक–लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है! पहिले पत्रकार हुँदा त निकै डुक्रिनु भएको थियो!”

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जान लागेका छन्। उनी जेठ २० गते स्वदेश फर्कने कार्यक्रम तय भएको बताइएको छ।

स्रोतका अनुसार भारत भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग भेट गर्ने तयारी भइरहेको छ।

लिपुलेक–लिम्पियाधुरा क्षेत्र लामो समयदेखि नेपाल–भारतबीच संवेदनशील सीमा विवादको विषय रहँदै आएको छ। यस्तो अवस्थामा लामिछानेको भारत भ्रमण र त्यसअघि आएको राजनीतिक टिप्पणीले थप चासो सिर्जना गरेको छ।