२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खिचापोखरीबाट करिब ६ करोड बराबरको अवैध भेप बरामद, पसल सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रबाट ठूलो परिमाणमा अवैध इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड रुपैयाँ बराबरको भेप बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ निवासी ३२ वर्षीय नवीन खड्का रहेका छन्। उनी बरामद गरिएको भेपसँग सम्बन्धित पसलका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल तथा सोही कम्प्लेक्सको अर्को भवनमा रहेको ‘भेपमान्डु ट्रेडर्स प्रालि’को गोदाममा खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा विभिन्न कम्पनीका बिलबिजक नभएका २८ हजार ५०० वटा भेप बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। बरामद सामग्रीको अनुमानित मूल्य करिब ६ करोड रुपैयाँ रहेको बताइएको छ।

प्रहरीले अवैध रूपमा भित्र्याइएका सामग्रीको कारोबार तथा स्रोतबारे थप अनुसन्धान भइरहेको जनाएको छ।